युवकको रूखबाट लडेर मृत्यु
( गोरखा) गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित महादेवटारमा रूखबाट लडेर बुधबार एक युवकको मृत्यु भएको छ ।
घरनजिकै रहेको बारीमा दबदबेको रूखमा घाँस झार्न चढेका अन्दाजी ३७ वर्षीय रामजी दराईको लडेर मृत्यु भएको वडा सदस्य राजाराम दराईले जानकारी दिए ।रूखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको वडासदस्य दराईले बताए । ‘आज बिहान उनी घाँस काट्न घरबाट निस्कएका रहेछन्’, उनले भने, ‘घाँस काट्दै गर्दा रूखको हाँगासमेत भाँचिएर भुइँमा बजारिन पुग्दा मृत्यु भएको हो ।’
पूर्वनेपाली सेना दराईको मृत्युले गाउँ नै शोकमा डुबेको छ । घटनाको जानकारी पाएलगत्तै उद्धारका लागि स्थानीयवासी पुगेको भए पनि घटनास्थलमै उनको मृत्यु भएको वडासदस्य दराईले जानकारी दिए ।