धनुषामा गोली हानी ठेकदारले ठेकदारकै हत्या गरे
(काठमाडौं) धनुषाको जनकपुर उपमहानगरपालिका–१४, प्रगतिनगरमा एक ठेकेदारले अर्का ठेकेदारको गोली हानी हत्या गरेका छन् ।
जनकपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय मनोज साहको बुधबार बिहान गोली हानी हत्या भएको हो ।
३५ वर्षीय पंकज चौधरीले आफ्नै घरमा आएका साहलाई बुधबार बिहान ९ः३० बजे गोली हानी हत्या गरेको धनुषाका डीएसपी रामेश्वर कार्कीले पुष्टि गरे ।साह र चौधरीबीच ठेक्का पट्टा विवाद रहेको र यही विषयमा कुरा गर्न जाँदा गोली प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘ठेक्का पट्टाको विवादमा चौधरीले आफ्नै घरमा आएका निर्माण व्यवसायी साहको हत्या गरेको खुलेको छ’, डीएसपी कार्कीले अनलाइनखबरसँग भने, ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’