दशैंको अग्रिम टिकट खुल्ने असोजको पहिलो हप्तादेखि
काठमाडौं २६ दशैं–तिहारमा काठमाडौं बाहिर जाने यात्रुका लागि असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले असोजको पहिलो साताबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्न लागिएको जानकारी दिए ।
अखिल नेपाल यातायात मजदुर संघ कोटेश्वर पूर्व मूल इकाइ कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सिटौलाले टिकट बुकिङ असोजको पहिलो साताबाट खुलाउने जानकारी दिए ।
सिटौलाका अनुसार दशैं–तिहारका लागि नयाँ गाडी भने यसपटक थप्ने योजना यातायत व्यवसायीको छैन ।
महासंघले टिकट काउण्टरमा बस्ने कमर्चारीलाई एउटै ड्रेस लगाउनुपर्ने नियम पनि लागू गरेको छ । महासचिव सिटौला, काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदी र ट्राफिक महाशाखाका प्रमुख ९एसएसपी० भीम ढकालले बिहीबार कोटेश्वरमा काउण्टरका कर्मचारीहरूलाई ड्रेस वितरण गरेका छन् ।