काभ्रेको कोसीपारीमा बस दुर्घटना,एकजाना गम्भीर घाइते
(काठमाडौं)
काभ्रेपलाञ्चोक कोसीपारी सडकखण्डमा बस दुर्घटना भएको छ ।
रामेछाप गुरासेबाट काठमाडौं आउँदै गरेको बा २ ख ६३८६ नम्बरको बस बिहीबार फलाटेमा दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । अन्य सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
सडक चिप्लो भएका कारण दुर्घटना भएको स्थानीयले बताएका छन् ।