काठमाण्डौको एक जङ्गलमा महिला र पुरुष झुण्डिएको अवस्थामा शव फेला
काठमाण्डौ १७ भाद्र । काठमाण्डौको एक जङ्गलमा एक महिला र एक पुरुषको झुण्डिएको अवस्थामा शव फेला परेको छ । काठमाण्डौ महानगरपालिका –८, गौशालामा रहेको भण्डारखालको जङ्गलमा मंगलबार बिहान करिब पाच बजे खोटाङका एक महिला र एक पुरुषको सब झुण्डिएको अवस्थामा फेला परेको हो।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई हाल काठमाण्डौको बाँसबारी बस्दै आएका अन्दाजी ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने अन्दाजी ३३ वर्षीया उमिता दमाईको शव आज बिहान एकसाथ करिब नौ फिट अग्लो भालुकाफलेको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक खेम राउतले जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार घटनास्थल पुग्दा दुवैको शव झुण्डिएको अवस्थामा फेला परेको जनाएको छ । घटना स्थलमाको वरिपरि लागुपर्दाथको एक बोतल सहित टोपी चपप्ल लुगााको पोको र नागरिता प्रमाण पत्रकासहि फेला परेको थियो। घटना घटेको घटनास्थल मा मंगलबार बिहान गिरीकी श्रीमती र उनक एक छोरा प्रहरीको सम्पर्कमा आएपछि गिरी बाँसबारीमा परिवारसँगै बस्दै आएका र मजदुरी गर्ने गर्थे ।
जय कीश्रीमतीकोको अनुसार सोमबार मात्र बेलुका पशुपतिनाथ मन्धिरमा घुम्न जान्छु भनेर निस्किएका थिए भने खोटाङ घर बस्दै आएकी दमाई काठमाण्डौमा दिदी–भिनाजुकहाँ बसेको आएको र काठमाण्डौ भने के कुन कारणले आएको अझै खुल्न सकेको छैन । शव परीक्षणका लागि भने दुबै जनाको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा भईरहेको जनायको छ ।





