बुटवलमा दिनदहाडै ६ लाखको लुट
(रुपन्देही) भैरहवा लुम्बिनी सडकखण्डमा ६ लाख रकम लुटपाट भएको छ ।
रुपन्देहीको लुम्बिनी रोडस्थित रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिस त्रिपाठीको साथमा रहेको ६ लाख रुपैयाँ दुईजनाको समूहमा आएकाले लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
रिलायन्स सिमेन्ट उद्योगको भैरहवा स्थीत कार्यालयबाट लुम्बिनी रोडमा रहेको उद्योगमा मोटरसाईकलमा जाँदै गरेका त्रिपाठीलाई हेलमेटले टाउकोमा हानी रकम लुटेर लगेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानाए ।
‘रकम लुटिएको भन्ने जानकारी आएको छ तर विस्तृत विवरण आईपुगेको छैन, प्रहरी टोली घटनास्थल तर्फ जांदै छ,’ उनले भने ।
यसअघि गत भदौ २९ गते अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीकै ओमसतिया ५ पट्खौलीका ४० वर्षीय महेन्द्र कुर्मीको गोली प्रहार गरी ५ लाख रुपैयाँ लुटिएको थियो ।