गाउँपालिका अध्यक्षलाई फेसबुकले फसायो प्रेमिका सहित प्रहरीले हिरासतमा लिएको
प्युठान जिल्लाको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीलाई आइतबार प्रहरीले हिरासतमा लिएको छ । दुई छोरीका पिता गिरी आफ्नै श्रीमतीले दिएको उजुरीका आधारमा समातिएका हुन् ।
बहुविवाह गरेको भन्दै परस्त्रीसँग खिचिएका अर्धनग्न तस्वीरसहित उजुरी परेपछि प्रहरीले अध्यक्ष गिरी र उनकी प्रेमिका दुबैलाई हिरासतमा लिएको हो । प्युठानका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कार्कीले दुवैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए ।परस्त्रीसँग विष्णुको सम्पर्क बढेको प्रमाण फेला पारेको भन्दै पत्नी सीताले भदौ १० गते हुलाकमार्फत् बहुविवाहको उजुरी प्रहरीमा दायर गरिन् । उनले विष्णु र ती युवतीका केही तस्वीरहरु र च्याटमा भएका कुराकानीलाई प्रमाणका रुपमा प्रहरीसमक्ष पेस गरेकी छिन् ।
त्यसपछि प्रहरीले सुरुमा युवतीलाई हिरासतमा लियो । तर, विष्णु फरार रहेको भन्दै प्रहरीले उनीविरुद्ध वारेन्ट जारी ग¥यो र मातहतका सबै प्रहरी युनिटमा उनलाई पक्राउ गर्न सर्कुलर ग¥यो । त्यसको केही दिनपछि आइतबार साँझ (भदौ २२ गते) गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी आफैं प्रहरी सम्पर्कमा पुगे ।
प्युठान जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्र न्यौपानेले भने, ‘उहाँ (विष्णु गिरी) साँझ सम्पर्कमा आउनुभएको छ, अनुसन्धानका लागि हिरासतमा लिएका छौं ।’