कृषि विकास बैंक चोरी प्रकरण ३ थप जना पक्राउ
कृषि विकास बैंक ह्याकिङ प्रकरणका थप तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा यज्ञराज भट्ट, भारती देवी न्यौपाने, गणेश बस्याल छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले भट्टलाई कञ्चनपुरको महेन्द्रनगर, न्यौपाने र बस्याललाई पर्वतबाट पक्राउ गरेको हो ।
भट्टको खातामा कृषि विकास बैंकको महेन्द्रनगर शाखामा ४५ लाख ट्रासर्फर भएको थियो भने, न्यौपानेको खातामा २४ लाख ट्रासफर भएको थियो ।यसअघि ह्याकरले यसरी नै विभिन्न व्यक्तिको नाममा पठाएको ६० लाख रुपैयाँसहित १३ जनालाई पक्राउ गरिसकेको छ । ह्याकर समूहले कृषि विकास बैंकको करिब पाँच करोड ट्रान्सफर गरेका थिए ।