त्रिशूली बस दुर्घटना: ४ जनाकाे मृत्यु, १६ को उद्दार
काठमाडौं : बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेकाे संख्या ४ पुगेकाे छ भने घाइतेहरुकाे संख्या १६ पुगेकाे छ। झण्डै २० जनाभन्दा बढी यात्रु हराइरहेकाे हुनसक्ने अनुमान प्रहरीले गरेकाे छ ।
प्रहरी र स्थानीय मिलेर १६ जना घाइतेकाे उद्धार गरेकाे र उनीहरुकाे मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार अहिलेसम्म ४ जनाकाे शव भेटिएकाे र तीमध्ये दुई जनाकाे सनाखत भएकाे छ । ज्यान गुमाएकामध्ये सर्लाहीका ३५ वर्षका अजय दास र २५ वर्षका विजय कुर्मीको मात्र परिचय खुलेको धादिङ प्रहरीले जनाएको छ ।
सर्लाहीबाट बसमा ४२ यात्रु चढेकाे बताएका छन् भने बसमा चालकसहित ५० जना जति यात्रु रहेका घाइते समिनराजा अन्सारीले बताएका छन् ।चालक निदाएका कारण दुर्घटना भएकाे प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ । सर्लाहीको मलंगवाबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको हो । अहिले उद्धारको काम भैहरेको छ ।