क्वाँटी नेपालका दलहरुजस्तै : राप्रपाका अध्यक्ष कमल थापा
काठमाण्डौ – जनै पूर्णिमाको दिन क्वाँटी खाने चलन छ । क्वाँटीलाई पौष्टिक खानेकुरा मानिन्छ । नौ थरी गेडागुडी भिजाएर टुसा आएपछि पकाइने हुनाले यसमा मासुको जस्तै पौष्टिक तत्व हुने डाक्टरहरु बताउँछन् । तर राप्रपाका अध्यक्ष कमल थापालेचाहिँ क्वाँटीलाई नेपालका दलहरुसँग तुलना गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल ट्वीटरमा क्वाँटी भनेकाे के रहेछ भन्ने उमेश सिग्देलको प्रश्नमा व्यंग्यात्मक पारामा ‘क्वाँटी भनेको नेपालका राजनीतिक दलहरु जस्तै हो, जहाँ लोभी र दानी, धार्मिक र पापी, सज्जन र दुर्जन, निष्ठावान र अवसरवादी, भ्रष्टाचारी र इमान्दार, असल र खराब सबैसँगै अटाउँछन्, बस्छन् र जनतालाई थरीथरीका स्वाद दिन्छन्’ भनेर उल्लेख गर्नुभएको छ ।
![]()
· 10h
यो क्वाँटी भनेको के रहेछ? यसो कसैकसैले फोटो हाल्दिए जानकारी/ ज्ञान पाइन्थ्यो। #HELP
![]()
क्वाँटी भनेको नेपालका राजनीतिक दलहरु जस्तै हो, जहाँ लोभी/दानी, धार्मिक/पापी,सज्जन/दुर्जन,निष्ठावान/अवसरवादी, भ्रष्टाचारी/ईमान्दार,असल/खराव सबै संगै अटाउँछन्,बस्छन् र जनतालाई थरिथरिका स्वाद दिन्छन्