सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वको दिनमा सार्वजनिक बिदा दिदै
धनगडी सुदुरपश्चिमेलीहरुको महान चार्ड गौरा पर्वको अबसरमा सुदुरपश्चि प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशभरिका का ९ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाउँदै गौरा पर्वको अबसरमा भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सुदुरपश्चि प्रदेश मन्त्रीपरिषद्को बैठकले यसअघि गौरामा भने विदाको निर्णय गरेको थिएन् । यस अघि गौरा पर्वको दिन सार्वजनिक बिदा नदिएको भन्दै सरकारको चर्को आलोचना समेत हुदै आएको थियो ।
यसै अबसरमाा मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमूदायमा गौरा पर्वका अवसरमा शुभकामना समेत ब्यक्त गरेको छ।