नेपाली कांग्रेस बझाङ - काठमाण्डौ सम्पर्क समितिद्वारा रक्तदान कार्यक्रम
काठमाण्डौ : नेपाली कांग्रेस केन्द्रीय समितिकाे निर्देशन अनुसार नेपाली काङ्ग्रेस बझाङ काठमाडौ सम्पर्क समितिले मेरो रगत कसैको जीवन भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम गरेकाे छ । उक्त कार्यक्रम त्रिचन्द्र क्याम्पसकाे प्राङ्गणमा गरेकाे थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश सरण महत रहनु भएकाे थियो । उक्त कार्यक्रमकाे उद्घाटन गर्दै नेता महतले नेपाली कांग्रेस एक भएर जानुकाे बिकल्प नरहेकाे भन्दै सम्पुर्ण कार्यकर्तालाई एक भएर लाग्न अनुराेध गर्नु भयाे । मेराे रगत कसैको जीवन भन्ने मुलनारा अघि सार्दै सम्पुर्ण सम्पर्क समितिले रक्तदान गर्ने बताउनु भयाे ।
राष्ट्र निर्माणमा नेपाली कांग्रेसकाे महत्त्वपूर्ण भुमिका रहेकाे भन्दै इमान्दार भएर नेता, कर्याकर्तालाई जनताको पक्षमा यस्तै काम गर्न आग्रह गर्नुभयाे । कार्यक्रम नेपाली कांग्रेस बझाङ काठमाडौं सम्पर्क समितिका अध्यक्ष समसेर बमको अध्यक्षतामा भएको हाे । उक्त कार्यक्रममा पुर्ब मन्त्री एबम निबर्तमान राजदुत अर्जुन जङ्ग बहादुर सिहं ,पुर्ब मन्त्री नरेश बहादुर सिहं, पुर्ब सासंद चन्र्दा देबी जाेशी, पुर्ब जि.बि.स सभापति चेतराज बजाल ,पुर्ब पार्टी सभापति सत्य राज भण्डारी, महासमिति सदस्य महाधिवेशन प्रतिनिधि जिल्ला कार्यसमिति ,कार्यकर्ता महिला संघ , नेपाल तरुण दल , नेपाल विद्यार्थी संघका नेता कार्यकर्ता लगायतकाे बाक्लो उपस्थित रहेकाे थियाे भने कार्यक्रममा ५२ जनाले रक्तदान गरेकाे छ भनी नेपाल विद्यार्थी संघका नेता हरिश्चन्द्र जाेशीले जानकारी दिनुभयाे । नेता जाेशीका अनुसार कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण नेता कार्यकर्ताहरूलाई अध्यक्ष बमले धन्यवाद दिनुभएको थियो ।