काठमाडौं उपत्यकामा पनि डेंगुको उच्च जोखिम
काठमाण्डौ – उपत्यकाबाहिरका जिल्लाहरुमा यो वर्ष प्रिमनसुनसँगै डेंगुको प्रकोप फैलिएकाले काठमाडौं उपत्यकामा पनि यसको उच्च जोखिम रहेको विज्ञहरुले जनाएका छन् । सरुवा रोग चिकित्सक तथा राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकाका केही स्थानमा डेंगुको किटाणु भेटिएकाले सतर्क रहन सुझाव दिएको छ ।
डेंगु ज्वरो एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइबाट सर्छ । कालो, सेतो रंगको लामखुट्टे सफा जमेको पानीमा मात्रै उत्पन्न हुन्छ र यसले दिनमा मात्रै टोक्छ । डेंगु भाइरस संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा डेंगुको संक्रमण हुन्छ ।
रासस