बाजुरामा चट्याङ लागेर एक बालिकाको मुत्यु
बाजुरा ७ भाद्र – बुढीगङ्गा नगरपालिका–१० बधेडामा शुक्रबार राति १ बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया छोरी सिरिया सार्की रहेको स्थानीय रमेश सार्कीले बताइन् ।
लाल सार्कीको घरमा परेको चट्याङको आवाजले बेहोस भएर बालिकाको मृत्यु भएको सार्कीको भनाइ रहेको छ । मृतक बालिकाकी आमा दीला सार्कीको अवस्था भने अचेत रहेको बताइएको छ । मृतक बालिकाका बुबा नोकरीको सिलसिलामा भारतमा रहेका छन् ।
चट्याङले स्थानीय लालबहादुर सार्कीको घरमा क्षति पुगेको छ । क्षतिको यथार्थ विवरण लिन इलाका प्रहरी चौकी टाँटेको टोली घटनास्थलमा गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।