धनगढीमा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै निसर्ग अस्पतालमा तोडफोड
धनगढी । धनगढीमा उपचारकौ क्रममा बिरामीको मृत्यु भएपछि निसर्ग अस्पतालमा बिरामीका आफन्तले तोडफोड गरेका छन । कञ्चनपुरको भिमदत्त नगरपालीका–१२ का ५३ वर्षीय मदनसिंह भण्डारी सोमवार बिहान ७ बजे पित्तथैलीको अप्रेशनका लागी अस्पताल भर्ना भएका थियो।
उनको दिउँसो २ बजे पित्तथैलीको अप्रेशन गरीएको थियो । राती १० वजे स्वास्थ्यमा एकाएक समस्या आएपछि ११ बजेतिर मृत्यु भएको आफन्तजनले बताएका छन् ।
चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले अस्पताल बाहीर नारावाजी गदै तोडफोड गर्न थालिएपछि अहिले अस्पताल बन्द गरिएको छ । अहिले अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ ।