डडेल्धुरामा निमोनियाका कारण एक जना महिलाको मृत्यु
डडेल्धुरा डडेल्धुराको भित्रि मद्येस अन्तरगत पर्ने जोगबुडा अस्पतालमा कडा निमोनियाका कारण एकजना महिलाको मृत्यु भएको छ । डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँका बलबहादुर पुनमगरकी २० बर्षीया श्रीमति पार्वती पुनमगरको मृत्यु भएको अस्पतालका मेडिकल अधिकृत करिना बज्राचार्यले जानकारी दिइन ।
उनका अनुसार आफन्तले बुधबार विहान सवाँ ११ बजे बिरामीलाइ अस्पताल पु-याइकोमा ११ः४५ बजे उनको उपचारको क्रममा नै मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । मृतक पुनलाइ जटिल अवस्थामा अस्पतालमा पु¥याइको अस्पताल स्रोतले जनाएको छ।
उनि विगत ७/८ बर्ष देखि विरामी रहेको इलाका प्रहरी कार्यलय जोगबुडाका प्रमुख, प्रहरि निरिक्षक जनक बहादुर मल्लले जानकारी दिए ।