दुई युवाकाे मृत्युपछि धादिङमा तीन वटा जेसीबीमा आगजनी
काठमाण्डौ : बालुवा झिक्न खोलामा बनाएको पोखरीमा डुबेर धादिङ गजुरी गाउँपालिकाका दुई युवाको ज्यान गएको छ । मेसिनले बनाएको खाल्डोमा डुबेर दरिङाल खोलामा शनिबार बिहान १९ वर्षीय भीम तामाङ र २१ वर्षीय सुमन तामाङको मृत्यु भएको हो ।
गजुरी गाउँपालिका–७ का उनीहरु नुहाउनका लागि खोलामा गएका थिए । सोही क्रमा उनीहरु डुबेका हुन् । उनिहरुसँगै पौडी खेल्न गएका अन्य दुई जना भने पौडिएर ज्यान जोगाउन सफल भएका छन् । दुई युवाको मृत्युपछि आक्रोशित स्थानीयले खोलामा रहेका तीनवटा स्काभेटरमा आगो लगाइदिएका छन् ।
नदी तथा खोलामा मेसिन प्रयोग गरेर बालुवा उत्खनन गर्न रोक लगाइए पनि प्रहरी प्रशासनको आँखा छल्दै धादिङमा तस्करी गर्नेहरुले मेसिनको प्रयोग गरिरहेका छन् ।
शिलापत्रबाट