एक प्रहरी जवानद्वारा प्रेमिकाको कोठामा गएर आत्महत्या
काठमाडौं : स्वयम्भूको ठूलोभर्याङ स्थित एक घरमा प्रहरी जवान शंकर ठगुन्नाले झुन्डिएर आत्महत्या गरेका छन् । प्रहरीका अनुसार उनले प्रेमिकाको कोठामा गएर आत्महत्या गरेका हुन्।
महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी जवान शंकरले सलको पासो लगाएर झ्यालको रडमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । किन प्रेमिकाको घरमा आत्महत्या गरे भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ् । उनको शब आइतबार बिहान झुन्डिएको अवस्थामा फेला परेको हो ।