आज विश्वभर विश्व फोटोग्राफी दिवस मनाइँदै
काठमाडौं : “फोटो भनेको प्रमाण हो, जुन अहिलेको फोटोग्राफीमा न्यून रहेको छ”, चित्रकारले थप्नुभयो, “यसमा फोटोग्राफर र फोटो पत्रकार पनि सजग हुनुपर्छ । हजारौँ शब्दले भन्न नसक्ने कुरा एउटै तस्बिरले प्रस्ट पारिदिन्छ’ सम्भवतः यो विश्वविख्यात अवधारणालाई पछ्याउँदै पत्रकारितामा फोटाको प्रयोग व्यापक हुँदै आएको छ । फोटोग्राफीको विकाससँगै कतिपय विकृति पनि बढेका छन् । विशेषतः ‘डिजिटलाइज’ प्रविधिको प्रयोगसँगै कतिपय अवस्थामा नैतिकता र मर्यादाका प्रश्न पनि उठ्ने गरेका छन् ।
सोमबार १८० औँ विश्व फोटोग्राफी दिवस हो । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । राष्ट्रिय फोटो पत्रकार समूहका महासचिव प्रदीपराज वन्तका अनुसार समूहले ‘सत्यतथ्य खोजीका लागि फोटो पत्रकारिता’ मूल नाराका साथ धादिङमा विशेष कार्यक्रम गर्ने भएको छ । यति लामो इतिहास पार गरिरहँदा फोटोग्राफीको कला, प्रयोग र प्रविधिबारे नयाँ बहस आउन थालेको छ । वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारले युवापुस्तामा फोटोग्राफीको आकर्षण बढिरहेको अनुभव सुनाउँदै भन्नुभयो, ‘“फोटो पत्रकार र सोखिन फोटोग्राफर भनेको फरक हो । पत्रकारले नैतिकता, नियम बुझेर फोटाहरू राख्नुपर्छ तर सोखिनले भने जुनसुकै फोटो सामाजिक सञ्जालमा राखेकै हुन्छ, त्यस्तो गर्नुु गलत हो । फोटोलाई सार्वजनिक गर्दा विचार पु¥याउनुपर्छ । ”
व्यक्तिगत रूपमा फोटोग्राफर वा फोटो पत्रकारिता गर्नु धेरै राम्रो हो तर यसको नियम, कानुन र नैतिकता बुझेर काम गर्न उचित हुने उहाँको सुझाव छ । सामाजिक सञ्जालमा जे पनि राख्न सकिन्छ, यसमा कसैको पनि नियन्त्रण हुँदैन, जसले गर्दा राम्रो फोटो पत्रकारको पनि अपमान भइरहेको उहाँको अनुभव छ ।
स्वतन्त्र फोटो पत्रकार तथा अनुसन्धानकर्ता उषा तितिक्षु सबैमा फोटोग्राफीको आकर्षण बढ्नु राम्रो भएको धारणा राख्नुहुन्छ । “पहिले एउटा फोटो खिच्न र हेर्न आठ घन्टा लाग्थ्यो तर अहिले आठ सेकेन्ड हुन्छ”, उहाँले भन्नुभयो, “यो ठूलो परिवर्तन हो तर फोटोको नैतिकता, नियम र तरिका जानेर फोटोग्राफी गर्दा राम्रो हुन्छ । ”