कास्कीका मालपोत अधिकृत समातिए ५९ हजार घुससहित
पोखरा भदौ ३: जिल्ला मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर घुससहित समातिएका छन् ।
छिटो जग्गा पास गरिदिने र कर छुटसमेत गरिदिने बाहनामा मंगलबार सेवाग्राहीसँग ५९ हजार रुपैयाँ घुस लिँदालिँदै कुँवर समातिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।साँझ ६ बजे सेवाग्राहीले गाडीबाट दिएको पैसा मोटरसाइकलबाटै गएका कुँवरको हातमा पर्नेबित्तिकै अख्तियारले समातेको हो । कुँवरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।सेवाग्राहीले दिएको सूचनाको आधारमा गएको अख्तियारको पोखरा कार्यालयको टोलीले मुस्ताङचोकबाट कुँवरलाई घुस दिँदै गर्दा समातेको हो । अनेक बाहना बनाउँदै कुँवरले जग्गा पास सम्बन्धी फाइल लुकाइदिने, ढिला गरिदिने गरेका थिए । जग्गा पासमा कर छुटसमेत गरिदिने बताएपछि सेवाग्राहीले कुँवरलाई घुस दिन पुगेका थिए ।