उत्पादनमा वृद्धि गर्न कृषि–वन प्रणाली आवश्यक : चौधरी
काठमाडौं । कृषि तथा पशुपक्षी बिकास राज्यमन्त्री रामकुमारी चौधरीले उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषि–वन प्रणालीलाई जोड दिन आवश्यक रहेको बताएकी छन् । दक्षीण एसियायी कृषि वन सम्मेलनका क्रममा राज्यमन्त्री चौधरीले राष्ट्रिय कृषि–वन नीतिले कृषि, पशुपालन र वनका क्रियाकलापहरूलाई भुमिको एउटै इकाईमा एकीकृत रुपले अभ्यास गर्न मदत पुगने बताइन् ।
नेपालको अर्थतन्त्रमा कृषि, पशुपालन र वन क्षेत्रले महत्वपूर्ण योगदान गर्दै आइरहेको सन्दर्भमा खाली तथा बाँझो जमीन, वन्यजन्तु प्रभावित क्षेत्र तथा अन्य सिमान्तकृत भूमीको उपयोग गर्नुका साथै कृषि, पशुपालन र वन बिकासका कार्यहरूलाई एकीकृत रुपमा कृषि वन प्रणाली मार्फत सन्चालन गर्दा प्रति ईकाइ जमिनको उत्पादकत्वमा वृद्धि भैइ खाद्य सुरक्षा, रोजगारी, जिवीकोपार्जनको अवसरहरू सिर्जना हुने मन्त्री चौधरीले बताइन् ।
जैविक विबिधता तथा भुमिको संरक्षण, जलवायु परिवर्तनको नकारात्मक प्रभावहरूको न्यूनीकरण र अनुकुलतामा सकारात्मक योगदान पुगने मन्त्री चौधरीले बताइन् । किसान दाउरा, घाँस, स्याउला, गाउँ घारमा औषधीको रुपमा प्रयोग हुने जडिबुटी आदिको लागि वनमा आस्रित हुन्छन् । त्यसको लागि टाढाको वनमा जादाआउदा बढी समय लाग्ने र महीलाहरूलाई विशेष गरि धेरै नै बोझ हुने र आफनै जग्गामा उपयुक्तता हेरी रुख बिरुवा लगाउनेले वनमा जान नपर्ने भए पछी किसानलाई नै फाइदा हुने राज्य मन्त्री चौधरीले बताइन् ।
कार्यक्रममा कृषि र वन मन्त्रालयका सचिव, सह–सचिव र कृषि र वन क्षेत्रका विज्ञहरूको उपस्थित रहेको छ । कार्यक्रम असार १७ र १८ गरि दुई दिनसम्म चल्ने वन मन्त्रालयले जनाएको छ ।