आयुष्मानसँग प्रियंकाको मस्ती
अभिनेत्री प्रियंका कार्की कान्स फिल्म फेस्टिभलमा सहभागी भएको हल्ला नेपाली मिडिया अझै सेलाएको छैन । प्रियंका नेपाली चलचित्र वृत्तकी त्यस्तो अभिनेत्री हुन्, जो बेलाबेला विवादमा तानिन्छिन् । उनका क्रियाकलाप र प्रेमसम्बन्ध गसिप बनिरहन्छ ।
पछिल्लो समय चलचित्रभन्दा म्युजिक भिडियोमा व्यस्त छिन् उनी । प्रियंका समाजिक सञ्जालमा निकै सक्रिय छिन् । विशेष गरी इन्स्टाग्राममा विभिन्न अवतारको फोटो अपलोड गर्छिन् । त्यही फोटाका कारण पनि उनको गसिप बन्छ ।