धनुषामा थप दुई स्थानमा शंकास्पद वस्तु फेला
धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्किँदा दुई बालबालिका घाइते भएको घटनाकै क्रममा सोही आसपासको क्षेत्रमा पुनः शंकास्पद सामग्री भेटिएको हो।
घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी गणेश बहादुर बमका अनुसार रातो पुलमाथि दुई वटा शंकास्पद वस्तु फेला परेको पुष्टि गर्दै सुरक्षाकर्मीले क्षेत्रलाई नियन्त्रणमा लिएर आवश्यक सुरक्षा जाँच र अनुसन्धान अघि बढाएको जानकारी दिएका छन्।