दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ । मंगलबार दिउँसो पौने ४ बजेतिर दाउरा थकालीमा आगलागी भएको थियो । आगलागीबाट भएको क्षतिको विवरण आउन सकेको छैन ।
आगलागीमा कुनै मानवीय क्षति नभएको ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए । आगलागीका कारण केहीबेर ललितपुरको मुख्य सडक प्रभावित भएको थियो । अहिले सडक सञ्चालनमा आइसकेको छ। आगालागी कसरी भयो भन्नेबारे पनि अझै खुलिसकेको छैन।