यमनको दक्षिणी तट नजिक सशस्त्र समूहद्वारा कार्गो जहाज अपहरण
यमनको दक्षिणी तट नजिक सशस्त्र आक्रमणकारीहरूले एक कार्गो जहाज अपहरण गरेका छन्।
बेलायती सामुद्रिक व्यापारिक निकाय (यूकेएमटीओ) का अनुसार सशस्त्र व्यक्तिहरू यमनको बलहाफबाट करिब १२० किलोमिटर दक्षिण–पश्चिममा रहेको समुद्री क्षेत्रमा जहाजमा चढेर नियन्त्रणमा लिएका हुन्।
निकायले जहाजमा अनधिकृत व्यक्तिहरूले नियन्त्रण कायम गरेको र घटनाबारे सम्बन्धित अधिकारीहरूलाई जानकारी गराइएको जनाएको छ।
पछिल्लो एक वर्षयता अफ्रिकाको आसपासका समुद्री क्षेत्रमा समुद्री डकैतीका घटना बढ्दै गएको विश्लेषकहरूले बताएका छन्। मध्यपूर्वमा जारी द्वन्द्वका कारण अरेबियाली प्रायद्वीप आसपासका समुद्री मार्गमा सञ्चालन हुने जहाजहरू पनि सुरक्षा जोखिममा पर्दै आएका छन्।