कांग्रेसले आज केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।
मंसिर ८ गतेदेखि सुरु भई शुक्रबार सम्पन्न भएको केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो ।
पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार पत्रकार सम्मेलन दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।
सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठक शुक्रबार सम्पन्न भएको थियो । उक्त बैठकका निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।