यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०८ पैसा कायम भएको छ।
त्यसैगरी, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ७० पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा, बेलायती पाउन्ड स्टर्लिङको खरिददर १९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ।
अष्ट्रेलियन डलरको खरिददर ९९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलरको खरिददर १०४ रुपैयाँ २२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६४ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११५ रुपैयाँ १३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६० पैसा कायम गरिएको छ।
यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ३१ पैसा र बिक्रीदर २२ रुपैयाँ ४० पैसा तोकिएको छ।
मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १४ पैसा र बिक्रीदर ११ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ।
यसैगरी, साउदी रियाल, कतारी रियाल, यूएई दिरामलगायत अन्य विदेशी मुद्राको विनिमयदर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।