प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी रहेको छ ।
बैठकमा अर्थमन्त्री, परराष्ट्रमन्त्री, गृहमन्त्री, मुख्यसचिव, प्रधानसेनापति तथा रक्षासचिवलगायत सहभागी छन् ।
बैठकमा राष्ट्रिय सुरक्षा अवस्थासँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ ।