सुनको मूल्य एकैदिन ३ हजार ३०० रुपैयाँले बढ्यो, तोलाको २ लाख ४६ हजार १००
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य १२० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १२० रुपैयाँले बढेर ३ हजार १९५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।