प्रधानमन्त्री बालेन दुईदिने राजकीय भ्रमणका लागि आज भारत जाँदै
प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्दै छन् । प्रधानमन्त्री बनेपछि उनको यो पहिलो छिमेकी मुलुक भ्रमण हो ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री एस जयशङ्करसँग शिष्टाचार भेट गर्नेछन् । सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।
वार्तामा व्यापार, पारवहन, ऊर्जा, लगानी, पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारलगायत विषयमा छलफल हुनेछ । साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र विपद् व्यवस्थापनलगायत क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।