मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज शपथ लिँदै
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज बिहान ९ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले यादवलाई शपथ गराउने कार्यक्रम तय भएको छ। जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता यादव दोस्रो पटक प्रदेश सरकारको नेतृत्वमा पुग्न लागेका हुन्।
संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त भएका यादवले सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन्।