प्रधानमन्त्री बालेनलाई चीन भ्रमण गराउन बेइजिङको पहल, राजदूत सक्रिय
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारत भ्रमणमा जाने तयारी भइरहेका बेला चीनले पनि उनलाई आफ्नो देश भ्रमण गराउन कूटनीतिक पहल थालेको छ ।
चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र प्रधानमन्त्री कार्यालयसँग यस विषयमा छलफल गरिसकेको स्रोतले जनाएको छ । चीनले प्रधानमन्त्री शाहलाई छिट्टै भ्रमणमा बोलाउन चाहेको छ ।
यसअघि प्रधानमन्त्री नियुक्त भएलगत्तै चीनले शाहलाई भ्रमणको निम्तो दिएको थियो । तर, उनले एक वर्षसम्म कुनै पनि विदेश भ्रमण नगर्ने बताएपछि तयारी रोकिएको थियो ।
चीनले प्रधानमन्त्रीको भ्रमणमार्फत बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनको विषयलाई पनि अघि बढाउन चाहेको बताइएको छ । त्यसका लागि चीनले पछिल्लो समय नेपालसँग उच्चस्तरीय भ्रमण र कूटनीतिक संवादलाई तीव्रता दिएको छ ।