रूसले युक्रेनको एक प्रशिद्ध भवनमा आक्रमण गर्दा ४ जनाको मृत्यु, ३२ घाइते
एजेन्सी । रुसले सोमबार राति युक्रेनको ओडिसा तटमा मिसाइल आक्रमण गर्दा करिब ४ जनाको मृत्यु भएको छ ।
रुसले युक्रेनको ‘ह्यारी पोर्टर क्यास्टल’ भनेर चिनिने पुरानो दरवार शैलीको एक भवनमा मिसाइल आक्रमण गरेको हो । सोही आक्रमणमा परी ३२ जना घाइते भएका छन् । आक्रमण लगत्तै भवनमा भीषण आगलागी भएको हो
युक्रेनको ओडेसामा रहेको उक्त भवनमा एउटा कानून एकेडेमी समेत रहेको छ । युक्रेनका पूर्वसांसद सर्ही किभालोभको स्वामित्वमा रहेको सोही भवनलाई रुसी सेनाले विगत केही महिनादेखि निशाना बनाउँदै आएको थियो ।