धनुषामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु
धनुषामा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको मिथिला नगरपालिका–१० स्थित सडकमा शुक्रबार दिउँसो बुटवलबाट झापातर्फ जाँदै गरेको लु.प्र.०१–००१ च २५९९ नम्बरको कारले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृतकको नाम, थर र वतन खुल्न सकेको छैन । कारको ठक्करबाट गम्भीर घाइते भएका उनको सरकारी अस्पताल बर्दिबासमा उपचारका क्रममा मृत्यु भएको हो । घटनापछि प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।