सुन तोलामा १२ हजार २०० र चाँदी २२५ रुपैयाँले घट्यो
स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। शुक्रबार सुन प्रतितोला १२ हजार २०० रुपैयाँ र चाँदी २२५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला तीन हजार ११० रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँ र चाँदी तीन हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।