मकवानपुरमा जिप दुर्घटना हुँदा १० जना घाइते, दुईको अवस्था गम्भीर
मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित भैंसे बजारनजिक यात्रुवाहक जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था अचेत रहेको प्रहरीले जनाएको छ।
हेटौँडाबाट काठमाडौं आउँदै गरेको ना १ ज २१४३ नम्बरको जिप आज बिहान त्रिभुवन राजपथबाट खसेर राप्ती खोलामा पुगेको थियो।
दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।