एमाले राष्ट्रिय भेला तयारीका लागि आज स्थायी कमिटी बैठक बस्दै
नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारीका लागि आज स्थायी कमिटी बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा भेलाको व्यवस्थापन, प्रतिनिधिको सहभागिता र आवश्यक तयारीबारे छलफल हुने सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।
एमालेका अनुसार राष्ट्रिय भेलामा देशभरबाट ३ हजार ५१४ जना प्रतिनिधि सहभागी हुनेछन् । भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहसम्मका कमिटी पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिको सहभागिता रहनेछ ।
एमालेले राष्ट्रिय भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र सङ्गठन सुदृढीकरणको अवसरका रूपमा लिएको छ ।