सभामुख अर्यालद्वारा हेटौँडाको विकास र पूर्वाधारबारे छलफल
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले हेटौँडामा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलसहित विभिन्न क्षेत्रका प्रतिनिधिसँग भेटघाट तथा छलफल गरेका छन्।
शनिबार भएको भेटमा हेटौँडा तथा मकवानपुरको विकास, सडक विस्तार, पूर्वाधार निर्माण र वन तथा मध्यवर्ती क्षेत्रमा विकास निर्माणका काम गर्दा देखिएका समस्याबारे छलफल भएको थियो।
प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’सँगको भेटमा हेटौँडाको सडक विस्तार, हेटौँडा–काठमाडौं सडक सञ्जाल, भीमफेदी सुरुङमार्ग तथा सडक सुरक्षाका विषयमा कुराकानी भएको थियो।
त्यस्तै, उद्योगी–व्यवसायी, यातायात व्यवसायी, कानुन व्यवसायी, सरकारी निकायका प्रतिनिधि तथा स्थानीयले पनि आफ्ना समस्या र सुझाव सभामुखसमक्ष राखेका थिए।