खुकुरी देखाउँदै अश्लील भिडियो बनाउने युवक सिरहामा पक्राउ
सामाजिक सञ्जाल टिकटकमा खुकुरी प्रदर्शन गर्दै अश्लील तथा डरत्रास फैलाउने अभिव्यक्तिसहितको भिडियो पोस्ट गरेको आरोपमा सिरहामा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका–३ निवासी २१ वर्षीय महमद आशिक अन्सारी रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीका अनुसार अन्सारीले खुकुरी देखाउँदै अश्लील भाषा प्रयोग गरी समाजमा डरत्रास फैलाउने किसिमको भिडियो बनाएका थिए।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, हतियार प्रदर्शन गरी धाकधम्की तथा डरत्रास फैलाउने सामग्री सामाजिक सञ्जालमा पोस्ट नगर्न प्रहरीले आग्रह गरेको छ।