कांग्रेस महाधिवेशन : ७ हजार ११४ मतदाता
नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी छ। असोज १८ गते उद्घाटन भएको महाधिवेशनमा बन्दसत्रसँगै आजदेखि निर्वाचन प्रक्रिया पनि सुरु हुँदैछ।
केन्द्रीय निर्वाचन समितिले पहिलो चरणको मतदाता नामावली सार्वजनिक गर्दै कुल ७ हजार ११४ जना मतदाता रहेको जनाएको छ। छुटेका नाम अन्तिम नामावलीमा समावेश गरिने समितिले जनाएको छ।
प्रकाशित नामावलीमा दाबी–विरोध भए केन्द्रीय निर्वाचन समितिको कार्यालयमा दर्ता गराउन सकिनेछ।