ओखलढुंगामा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–९ मा ट्याक्टर भीरबाट खस्दा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ढुङ्गा बोकेको ट्याक्टर सडकबाट करिब १०० मिटर तल खस्दा मानेभञ्ज्याङ गाउँपालिका–८ का २० वर्षीय नवीन पुलामी र ६२ वर्षीय छविलाल तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा ट्याक्टर चालक मानेभञ्ज्याङ–८ का २५ वर्षीय मिलन राई, २९ वर्षीय तुलसी थापामगर र २८ वर्षीय भीमबहादुर सार्की सकुशल रहेका छन्।
चालक राईलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।