एमाले सचिवालय बैठक जारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरिँदै
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी छ ।
पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार आइतबारदेखि सुरु भएको सचिवालय बैठकको निरन्तरता आज पनि भएको हो ।
निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको सचिवालय बैठक पुनः बसेको हो ।
बैठकले आज बिहान ११ बजेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्नेछ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमा सबै केन्द्रीय सदस्यलाई आफ्नो धारणा राख्न समय उपलब्ध गराइने एमालेले जनाएको छ ।