जय नेपाल पार्टीमा ८ नयाँ केन्द्रीय सदस्य मनोनीत
जय नेपाल पार्टीले ८ जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको छ । पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको विधानबमोजिम उनीहरूलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरिएको जानकारी दिएका हुन् ।
मनोनीत हुने केन्द्रीय सदस्यहरूमा काठमाडौंका खगेस रन्जितकार, अछामका लोकेन्द्रबहादुर शाह, काठमाडौंका प्रवल नरसिंह राणा, काठमाडौंका वैकुण्ठप्रसाद भण्डारी र सुनसरीका विष्णु रिजाल रहेका छन् ।
त्यस्तै प्रवासतर्फ इटालीमा रहेका राजेश कुमार पुरीसहित बझाङका रमेश सिंह र जाजरकोटका अमरबहादुर बुढालाई पनि केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरिएको पार्टीले जनाएको छ ।
पार्टीका अनुसार मनोनीत सदस्यहरूले अब केन्द्रीय कार्यसमितिमा रहेर संगठन विस्तार तथा पार्टीका गतिविधिमा भूमिका निर्वाह गर्नेछन् ।