इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु
इलाम । देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
बिहीबार सडकमा मे १ ज ३७०६ नम्बरको बोलेरो पल्टिँदा देउमाई–१ चमैता निवासी अन्दाजी ३५ वर्षीय चालक तीर्थराज बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ। पल्टिएको जिपले थिच्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुका साथै दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।