तेन्जिङ शेर्पाले दिलाए नेपाललाई एसियाली खेलकुदमा पहिलो पदक
जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा कराते खेलाडी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्।
टोयाहाशी जिम्नेसियममा भएको पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहको कास्य पदक भिडन्तमा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गर्दै कास्य पदक जितेका हुन्।
यसअघि सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए। जारी प्रतियोगितामा विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरे पनि नेपालले यसअघि पदक जित्न सकेको थिएन।