संसद् भवनको सांसद क्यान्टिन बन्द
संघीय संसद् भवनमा प्रतिनिधिसभाका सदस्यहरूका लागि सञ्चालन हुँदै आएको क्यान्टिन बन्द भएको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले सांसदका लागि सञ्चालित क्यान्टिनमा महँगी भएको विषय उठाएका थिए। त्यसको भोलिपल्टै क्यान्टिन बन्द गरिएको हो।
क्यान्टिन बन्द गर्नुको कारणबारे भने औपचारिक जानकारी सार्वजनिक भएको छैन।