मनास्लु आरोहणमा आएका सिङ्गापुरका नागरिकको मृत्यु
गोरखा । मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिङ्गापुरका ५० वर्षीय लाउ वी सेङ रहेका छन्।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमालको क्याम्प–२ बाट बेसक्याम्प फर्कने क्रममा सेङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार सेङ भदौ २२ गते मनास्लु आरोहणका लागि सामागाउँ पुगेका थिए। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।