बाढी प्रभावितका लागि जेभियर इन्टरनेसनलको १० लाख सहयोग
जेभियर इन्टरनेसनलले हालैको बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले शिक्षा मन्त्रालयलाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।
जेभियर इन्टरनेसनलका अध्यक्ष लोकबहादुर भण्डारी र कार्यकारी निर्देशक गोपाल भण्डारीले शिक्षामन्त्री सस्मित पोखरेललाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
संस्थाले समुदायप्रतिको निरन्तर प्रतिबद्धताअन्तर्गत उक्त सहयोग गरिएको जनाएको छ । संस्थाले शिक्षालाई कक्षाकोठामा सीमित विषय नभई जिम्मेवार नागरिक निर्माण गर्ने माध्यमका रूपमा लिएको जनाएको छ ।
समुदायलाई सहयोग गर्ने, योगदान गर्ने र आवश्यक परेको समयमा एकजुट भएर उभिने संस्कार विकास गर्नु पनि शिक्षाको महत्वपूर्ण उद्देश्य रहेको संस्थाको भनाइ छ ।
संस्थाले आफ्नो ‘जेभियर समुदाय’ले सहानुभूतिलाई व्यवहारमै रूपान्तरण गर्दै सहयोग गरेकोमा गर्व लागेको पनि जनाएको छ ।