रास्वपा सांसदलाई संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा बैठकमा सांसदहरूको नियमित तथा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत न्यूनतम उपस्थिति तालिका निर्धारण गरेको छ।
मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार आजदेखि असोज १६ गतेसम्म विभिन्न समूहका सांसदहरू तोकिएको तालिकाअनुसार अनिवार्य रूपमा प्रतिनिधिसभा बैठकमा उपस्थित हुनुपर्नेछ।
समूहमा नतोकिएका सांसदहरूलाई समेत संसद् बैठकमा उपस्थित हुन निर्देशन दिइएको छ। विशेष अवस्था बाहेक संसद् बैठकमा उपस्थिति सबै सांसदका लागि अनिवार्य हुने रास्वपा संसदीय दलले जनाएको छ।