काभ्रेका १२ पालिकामा कांग्रेसको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएको छ। जिल्लाका १३ स्थानीय तहमध्ये खानीखोला गाउँपालिका बाहेक १२ पालिकामा बुधबार अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको हो।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति दिनेश लामाका अनुसार अधिवेशनबाट सभापतिसहित कार्यसमिति निर्वाचित भएका छन्।
मण्डनदेउपुरमा रामहरि सापकोटा, पाँचखालमा सञ्जय तामाङ, भुम्लुमा मञ्जु शाह ठकुरी, धुलिखेलमा विदुर बस्नेत, पनौतीमा रुपक महत र चौरीदेउरालीमा राजेश गौतम सभापतिमा निर्वाचित भएका छन्।
त्यस्तै, तेमालमा बिकुलाल तामाङ, बेथानचोकमा डिगमान तामाङ, रोशीमा दिल दोर्जे लामा, बनेपामा रामराज जोशी, महाभारतमा सागर मोक्तान र नमोबुद्धमा कृष्ण लामा सभापतिमा निर्वाचित भएका छन्।